ad ad

राजनीति


सांसद गगन थापाको प्रस्ताव : काठमाडौंका उच्च जोखिममा रहेका समूहमा कोरोना परीक्षण गरौं

सांसद गगन थापाको प्रस्ताव : काठमाडौंका उच्च जोखिममा रहेका समूहमा कोरोना परीक्षण गरौं

नेपालखबर
भदौ १४, २०७७ आइतबार ८:३६,

सांसद गगन थापाले संक्रमितको सम्पर्कमा आएका साथै उच्च जोखिममा रहेका समूहहरु पहिचान गरी उनीहरुको पनि कोरोना परीक्षण गर्नुपर्ने प्रस्ताव गरेका छन्।

नेपाली कांग्रेसका नेता थापा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बुढानिलकण्ठ नगरपालिकामा उच्च जोखिममा रहेका व्यक्तिहरुको परीक्षण गर्दा धेरैमा संक्रमण पुष्टि भएको हुँदा काठमाडौं महानगरमा पनि त्यसअनुसार गर्नुपर्ने बताएका छन्।

‘बुढानिलकण्ठ नगरपालिकामा संक्रमितको सम्पर्कमा आएका साथै उच्च जोखिममा रहेका समूहमा ५१४ परीक्षण गर्दा २७ जना कन्ट्याक्ट ट्रेसिङ र ३८ जना जोखिम समूहबाट गरी ६५ जना पोजिटिभ देखियो,’ उनले भनेका छन्, ‘यसले काठमाडौंमा कन्ट्याक्ट ट्रेसिङबाहेक जोखिमयुक्त समुहमा व्यापक परीक्षण गर्नुपर्ने कुरा पुष्टि गर्छ।’

उनले यसतर्फ ध्यान दिन सरकारसँग आग्रह गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .