ad ad

कारोबार


हिमालय एयरलाइन्सको छैटौँ चरणको उद्धार चार्टर्ड उडान १७ गतेदेखि (तालिकासहित)

हिमालय एयरलाइन्सको छैटौँ चरणको उद्धार चार्टर्ड उडान १७ गतेदेखि (तालिकासहित)

नेपालखबर
भदौ १४, २०७७ आइतबार ८:२१,

निजी क्षेत्रको विमान सेवा प्रदायक हिमालय एयरलाइन्सले आगामी १७ देखि असोज १३ गतेसम्म छैटौँ चरणको उद्धार चार्टर्ड उडान गर्ने भएको छ। छैटौँ चरणमा कम्पनीले १० वटा उद्धार उडान गर्नलागेको हो।

कम्पनीका अनुसार १७ गते अर्थात् सेप्टेम्बर २ मा काठमाडौं–माले–काठमाडौं उडान हुनेछ। त्यस्तै, सेप्टेम्बर ३, ६, ८, २३ तारिखमा काठमाडौं–दोहा–काठमाडौं, सेप्टेम्बर ९, १७, २२ र २९ तारिखमा काठमाडौं–दमाम–काठमाडौं (साउदी अरेबिया) र सेप्टेम्बर १५ मा काठमाडौं–कुवेत–काठमाडौं एउटा उडान हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार माले–काठमाडौं उडानको लागि ४८० अमेरिकी डलर, दोहा–काठमाडौंको लायिग ३९२ अमेरिकी डलर, दमाम–काठमाडौंको लागि ४६५ अमेरिकी डलर र कुवेत–काठमाडौंको लागि ४१० अमेरिकी डलर भाडादर तोकिएको छ।

कम्पनीका अनुसार उडानमा सहभागी यात्रुले पीसीआर परीक्षण भएको रिपोर्ट अनिवार्य देखाउनुपर्नेछ र रिपोर्ट नेगेटिभ आएको हुनुपर्नेछ। त्यस्तै काठमाडौंमा होटल बुकिंग भएको कागजात समेत देखाउनुपर्नेछ। विमान ८५ प्रतिशत अकुपेन्सी नभए चार्टर्ड उडान नहुने पनि बताइएको छ।

himalaya 6th udan

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .