ad ad

खेल


युरोपा लिगमा सेभिया र इन्टर भिड्दै

युरोपा लिगमा सेभिया र इन्टर भिड्दै

नेपालखबर
भदौ ५, २०७७ शुक्रबार ९:४२,

यूईएफए युरोपा लिग फुटबलको उपाधिका लागि शुक्रबार राति सेभिया र इन्टर मिलान भिड्दै छन्। फाइनल खेल राति १२ः४५ मा सुरु हुनेछ।

सेभियाका विंगर लुकास ओकाम्पस र इन्टरका फरवार्ड एलेक्सिस सान्चेस दुवै चोट बोकेका कारण आजको खेलमा मैदान उत्रिने सम्भावना कम छ।

युरोपियन प्रतियोगितामा सेभिया र इन्टर पहिलोपटक आमनेसामने हुनलागेका हुन्। इन्टरले पाँच पटकको उपाधि विजेता सेभियासँग भिड्न लागेको हो।

इन्टर १९९९ पछि फाइनल पुगेको हो। इन्टरले ९ वर्षयता कुनै उपाधि जित्नसकेको छैन। सन् २०१६ मा उपाधि उचालेको सेभियाले यो सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .