ad ad

समाज


अछामको बयलपाटा अस्पतालका सबै स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण

अछामको बयलपाटा अस्पतालका सबै स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण

गोकुल जोशी
भदौ ५, २०७७ शुक्रबार ९:४९,

अछाममा शुक्रबार एकै दिन ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। डडेल्धुरा उप–क्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३६ र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा संक्रमण पुष्टि भएको हो।

अछाममा शुक्रबार थपिएका ३६ संक्रमितमध्ये १९ जना एकै अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। 

जिल्लाको बयलपाटा अस्पतालका १९ स्वास्थ्यकर्मी र कर्मचारी सहित त्यहाँका २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख झनक ढुगानाले बताए।

‘बयलपाटा अस्पतालका सबै स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण पुष्टि भएको छ। त्यहाँ कार्यरत १९ स्वास्थ्यकर्मी र कर्मचारी सहित क्वाटरमा बस्ने परिवारका सदस्य र भर्ना भएका बिरामीमा पनि संक्रमण देखिएको हो’ उनले नेपालखबरसँग भने, ‘५ जना प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मी छन्।’

बयलपाटा अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण देखिए पछि अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुगानाले बताए।

‘स्थित सामान्य नहुञ्जेलसम्मका लागि अहिले अस्पतालका आकस्मिक बाहेक सबै सेवा बन्द गरिएको छ’ उनले भने।

यसअघि पनि अस्पतालका दुई जनामा संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिक बाहेका सेवा बन्द गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .