उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नी बहिनी किम यो जोङलाई शक्तिशाली बनाएका छन्।
किमले आफ्नो काम र तनावको बोझ घटाउन बहिनीलाई अनेकौँ महत्वपूर्ण जिम्मेवारी सुम्पेको दक्षिण कोरियाली गुप्तचर एजेन्सीले जनाएको छ।
किम यो जोङ अहिले ‘राज्यको समग्र मामिला सञ्चालन गरिरहेको’ दक्षिण कोरियाको नेसनल इन्टेलिजेन्स सर्भिसको दाबी छ।
उनी अहिले उत्तर कोरियाको दोस्रो नम्बरको शक्तिशाली नेतृ बनेको सो एजेन्सीले बताएको छ। त्यस्तै दक्षिण कोरिया र अमेरिकासम्बन्धी नीति निर्माणमा पनि उनी नै निर्णायक हुने बताइएको छ।
यद्यपि सो एजेन्सीले यसअघि उत्तर कोरियासम्बन्धी गरेका केही दाबी गलत साबित भएका छन्। एजेन्सी
प्रतिक्रिया