ad ad

खेल


नेपाल ओलम्पिक कमिटीका दुई कर्मचारीलाई कोरोना पुष्टि

नेपाल ओलम्पिक कमिटीका दुई कर्मचारीलाई कोरोना पुष्टि

नेपालखबर
साउन ३२, २०७७ आइतबार ११:३०,

नेपाल ओलम्पिक कमिटी (एनओसी)का दुई कर्मचारीलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

केही दिनअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा कोरोना परीक्षणका लागि स्वाब दिएकामध्ये एक महिला र एक पुरुष कर्मचारीमा पोजेटिभ रिपोर्ट आएको हो।

उनीहरु दुवै जना अहिले घरमै आइसोलेसनमा बसिरहेका छन्। कुनै लक्षण नदेखिएका २ कर्मचारीलाइ कोरोना संक्रमण पुष्टि भएपछि अहिले केही पदाधिकारी र कर्मचारी घरमै सुरक्षित आइसोलेसनमा बसेको एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए।

कोरोना संक्रमण पुष्टि भएका एक जनासँग आफूहरु सम्पर्कमा नआए पनि अर्का एक जनासँग कहिलेकाहीँ सम्पर्क हुने गरेकाले अरुको पनि कोरोना परीक्षण गर्न लागेको श्रेष्ठले बताए।

एनओसीका दुई कर्मचारीलाई कोरोना पोजेटिभ देखिएपछि कार्यालयमा पुग्ने अन्य पदाधिकारी र कर्मचारीको भोलि (सोमबार) पीसीआर परीक्षणका लागि स्वाब संकलनको तयारी गरिएको श्रेष्ठले जानकारी दिए।

कोरोना संक्रमणको दर बढ्दै गएपछि एनओसीले शनिबारदेखि नै एक साताका लागि कार्यालय बन्द गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .