नेपालमा कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ।
आइतबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोरोना संक्रमणका कारण नेपालमा थप दुई जनाको मृत्यु भएको बताए।
गौतमका अनुसार मृत्यु हुनेका पर्साका १ पुरुष र मोरङमा महिला १ जना गरी २ रहेका छन्। योसँगै नेपालमा कोरोनाका कारण मृतयु हुनेको संख्या १०४ पुगेको छ।
प्रदेश १ मा ९ पुरुष र १ महिला गरी १० जना , प्रदेश २ मा पुरुष ३४ र महिला ११ गरी ४५ बागमती प्रदेशमा १३ पुरुष र ५ महिला गरी १८ जनाको मृत्यु भएको छ।
त्यस्तै गण्डकी ६ पुरुष, प्रदेश ५ मा १० पुरुष र ३ महिला गरी १३ जना, कर्णाली प्रदेशमा ४ पुरुष, सुदूरपश्चिममा ५ पुरुष र ३ महिला गरी ८ जनाको मृत्यु भएको प्रवक्ता गौतमले बताए।
मृत्यु हुनेमा ८१ पुरुष र २३ महिला रहेका छन्।
प्रतिक्रिया