कोरोना भाइरसको महामारीपछि पहिलो पटक टेष्ट क्रिकेट बुधबारबाट इङल्याण्डमा सुरु हुँदैछ। इङल्याण्डले मार्चपछि घरेलु मैदानमा वेष्ट इण्डिजसँग खेल्दै ३ म्याचको शृङखलाको सुरुवात गर्नेछ। पहिलो सिरिज साउथ हेम्टनमा पौने ४ बजे सुरु हुनेछ। खेल बन्द रगंशालामा हुनेछ।
कोरोना भाइसको कारण स्थगित क्रिकेट १ सय १५ दिनपछि सुरु हुन लागेको हो। कोरोमा महामारीपछि सुरु हुन लागेको क्रिकेटका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले नयाँ नियमहरु लागू गरेको छ।
आईसीसीको परिवर्तित नियमअनुसार बलरले बलमा थुक प्रयोग गर्न पाउने छैनन्। कुनै खेलाडीले थुक प्रयोग गरेमा अम्पायरले दुई पटकसम्म चेतावनी दिनेछन्। सो चेतावनी नमानेको खण्डमा ५ रन पेनाल्टी लाग्ने आईसीसीले जनाएको छ। यस्तै खेलाडीहरुले समुहमा सेलिब्रेसन गर्न पाउने छैनन्।
वेष्ट इण्डिजको कप्तानी जेसन होल्डरले गर्ने छन्। यता इङल्याण्डको टेष्ट क्रिकेटको कप्तानी पहिलो पटक वेन स्टोकले गर्न लागेका छन्। पहिलो टेष्ट सिरिजमा नियमित कप्तान जो रुट अनुपस्थित हुने भएपछि कप्तानीको जिम्मेवारी स्टोकले गर्न लागेका हुन्। उनी दोस्रो सिरिजमा भने उपस्थित हुनेछन्।
युरोपमा यसअघि नै फुटबलका लिगहरु भने सुरु भैसकेका छन्। पहिलो सिरिज आगामी १२ तारिखसम्म चल्नेछ। दोस्रो र तेस्रो सिरिज भने म्याचेष्टरमा हुनेछ। दोस्रो टेष्ट सिरिज जुलाई १६ बाट वल्र्ड ट्राफोर्डमा हुनेछ।

प्रतिक्रिया