सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन सुरु हुँदै गर्दा लुम्बिनी लायन्सलाई उपाधि दाबेदारको रुपमा हेरिएको थिएन।
कारण, पहिलो सिजन लुम्बिनीले एक खेलमा मात्र जित निकाल्दै अंक तालिकाको पुछारमा रहेर एनपीएल यात्रा सकाएको थियो।
दोस्रो सिजन पनि लुम्बिनीका लागि निकै उतारचढावपूर्ण सुरुवात रह्यो। पहिलो खेलमा जित निकालेको लुम्बिनीले त्यसपछिका तीन खेलमा लगातार हार व्यहोर्यो। एनपीएलमा चार खेल खेलिसक्दा लुम्बिनीको प्लेअफ यात्रा नै संकटमा पर्ने अवस्था आएको थियो।
तर पाँचौँ खेलमा पोखरा एभेन्जर्सलाई हराएपछि लुम्बिनीले पछि फर्केर हेर्नुपरेन। त्यसपछिका ६ खेलमा अपराजित रहँदै लुम्बिनीले दोस्रो सिजनको एनपीएलको उपाधि उचाल्यो।
लुम्बिनीले फाइनलमा त्यो टोलीलाई हरायो जसले सुरुवाती ६ खेल लगातार जितेको थियो। एनपीएल इतिहासमा लुम्बिनीले पहिलो पटक सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको हो।
लुम्बिनीको रोमाञ्चक यात्रा अझ त्यतिबेला बन्यो जब टोलीले उपाधि दाबेदार सुदूरपश्चिमलाई ८५ रनमा नै अलआउट गर्यो। सुदूरपश्चिमलाई लगातार दोस्रो पटक उपाधि दाबेदार टोलीको रुपमा हेरिएको थियो। तर सुदूरपश्चिमले एनपीएलको फाइनलमा सबैभन्दा खराब प्रर्दशन गर्यो।
यता लिग चरणमा विराटनगरसँग मात्र हार भोगेको सुदूरपश्चिमले फाइनलमा सिजनकै खराब प्रर्दशन गरेको हो। पावर प्लेमा नै २० रन बनाउँदा तीन विकेट गुमाएको सुदूरपश्चिमले एनपीएल सिजन को सबैभन्दा खराब सुरुवात हो।
Shares

प्रतिक्रिया