राजनीति


बेन र शाहलाई मन्त्रीसरह सुविधा

बेन र शाहलाई मन्त्रीसरह सुविधा

नेपालखबर
साउन ८, २०८३ शुक्रबार १८:३०, काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालय पनि जम्बो आकारकै रहेको खुलेको छ।

चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका बालेनले सुरुमा पाँच जनालाई सचिवालयमा नियुक्त गरेका थिए। तर, अहिले उनको सचिवालयमा मन्त्रीस्तरको तलब र सुविधा खाने दुई जना, राज्यमन्त्री स्तरको सुविधा लिने २ जनासहित २७ जना रहेका छन्।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार र राजनीतिक सल्लाहकार असिम शाहलाई मन्त्री स्तरीय सुविधा दिएर नियुक्ति दिइएको छ। 

यस्तै, सुदिप ढकाल नीति, प्रशासन तथा सुशासन सल्लाहकार छन् भने सूचना तथा सञ्चार प्रविधि सल्लाहकारमा विवेक मिश्र छन्। उनीहरूले राज्यमन्त्री सरहको सुविधा लिइरहेका छन्। 

यद्यपि, प्रधानमन्त्री कार्यालयले ४८ जनासम्म नियुक्त गर्न पाउने दाबी गरेको छ।

भदौ २३ मा भएको जेनजी आन्दोलनकै कारण कांग्रेस–एमाले सत्ता ढालेर फागुन २१ गतेको चुनावमार्फत् १८२ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन प्रधानमन्त्री बनेपछि सुशासन कायम गर्ने बताएका थिए।

तर, उनको सचिवालय पनि जम्बो देखिन्छ। 

नेपाली कांग्रेसकी सांसद सीता थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा असार २५ गते सचिवालयमा रहेका व्यक्तिहरूको विवरण, सुविधा माग गर्दै निवेदन दिएकी थिइन्।

उनको प्रश्नसहितको निवेदन असार २९ गते स्वीकृत गरी प्रधानमन्त्री कार्यालयका तर्फबाट सचिव पुष्कर सापकोटाले साउन ८ गते जवाफ पठाएका हुन्।

तर, सचिवालयमा कति गाडी प्रयोग हुन्छ, प्रधानमन्त्रीको सचिवालयको मासिक खर्च कति छ? कति जना सचिवालयमा रहन्छन्? सेवा सुविधा के पाउँछन्? राज्यकोषमा कति भार पर्छ? लगायत प्रश्न सोधेकी छन्। जसको जवाफ प्रधानमन्त्री कार्यालयले दिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad