खेल


कर्णालीले पहिले ब्याटिङ गर्ने, काठमाडौँमा एक खेलाडी परिवर्तन

कर्णालीले पहिले ब्याटिङ गर्ने, काठमाडौँमा एक खेलाडी परिवर्तन

नेपालखबर
मंसिर १४, २०८२ आइतबार १५:९, काठमाडौँ

सिद्धार्थ बै‌क नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्। कर्णालीले काठमाडौँविरुद्ध अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ। 

काठमाडौँले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। दिपेश कँडेलको स्थानमा भीम सार्की सुरुवाती ११ मा आएका छन्। 

काठमान्डौँ गोर्खाजको टोली : करण केसी (कप्तान), शाहब आलम, रसिद खान, भीम सार्की, सन्तोष यावद, आकाश त्रिपाठी, मोहम्मद आदिल आलम, बेन चार्ल्सवर्थ, मिलिन्द कुमार, जेहार्ड इरासमस र जोहन सिम्पसन।

कर्णाली याक्सको टोली : सोमपाल कामी (कप्तान), पवन सर्राफ, दीपक डुम्रे, नन्दन यादव, विपिन शर्मा, युवराज खत्री, गुल्सन झा, मार्क वाट, विलियम वसिस्टो, नजिबुल्लाह जड्रान र प्रियांक पञ्चाल।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad