खेल


साफ च्याम्पियनसिप ढाकामा हुने

साफ च्याम्पियनसिप ढाकामा हुने

नेपालखबर
साउन ५, २०८३ मंगलबार १३:११, काठमाडौँ

साफ च्याम्पियनसिप २०२६ बंगलादेशको ढाकामा हुने भएको छ। 

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले मंगलबार साफ च्याम्पियनसिप आगामी नोभेम्बर ४ देखि १७ सम्म हुने जानकारी दिएको हो। साफ च्याम्पियनसिपको अफिसियल लोगो जुलाइ २५ मा सार्वजनिक हुनेछ। त्यस्तै, अफिसियल ड्र अगस्ट १ मा भुटानको थिम्पुमा हुनेछ। 

साफ च्याम्पियनसिप २०२६ को मिति र आयोजना स्थल घोषणा गर्न पाउँदा आफुहरू हर्षित रहेको साफका महासचिव पुरुषोत्तम कट्टेलले बताए। क्षत्रीय फुटबलको प्रमुख प्रतियोगितामा सबै सदस्य संघहरूले सहभागिता जनाउने अपेक्षा साफले गरेको छ। 

यता साफमा नेपालको सहभागिता भने अनिश्चित छ। फिफाको अस्थायी प्रतिबन्धका कारण नेपाली टोलीले भाग लिन पाउने वा नपाउने यकीन छैन। 

भर्खरै फिफा विश्वकप २०२६ सकिएकाले साफ च्याम्पियनसिपले थप नयाँ उत्साह थप्ने विश्वास साफले लिएको छ। १५औँ संस्करणको साफ च्याम्पियनसिप बंगलादेशले आयोजना गर्ने जिम्मेवारी लिएको हो। बंगलादेशले यसअघि सन् २०१८ मा साफ आयोजना गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad