खेल


लिग-२ मा आज नामिबियासँग प्रतिस्पर्धा गर्दै नेपाल

लिग-२ मा आज नामिबियासँग प्रतिस्पर्धा गर्दै नेपाल

नेपालखबर
साउन ५, २०८३ मंगलबार १२:५१, काठमाडौँ

नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले नामिबियाविरुद्ध खेल्दै आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको यात्रा सुरु गर्दै छ। 

नेदरल्यान्ड्सको उट्रेक्टस्थित स्पोर्टपार्क मार्सचाल्करवेर्डमा हुने खेल मंगलबार दिउँसो पौने ३ बजे सुरु हुनेछ। यस शृंखलाका लागि यसअघि नै रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा भइसकेको छ। 

नेपालले बुधबार घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्नेछ। आगामी सोमबार नामिबियासँग र शृंखलाको अन्तिम खेलमा अर्को बुधबार नेदरल्यान्ड्सँग खेल्नेछ।  

लिग–२ अघि नेपाली टोलीले जर्सीसँग दुई अभ्यास खेल खेलेको थियो। दुवै खेलमा नेपालले क्लीन स्विप गरेको थियो।

अंक तालिका

लिग–२ मा नेपाल २४ अंकमा तालिकाको पाचौँ स्थानमा छ। लिग–२ का २८ खेलमा ११ खेलमा जित, १५ खेलमा हार र दुई खेलमा अंक बाँडेको नेपाल २४ अंकमा तालिकाको पाचौँ स्थानमा छ। 

समान खेलबाट १० खेलामा जित, १६ खेलमा हार र दुई खेलमा अंक बाँडेको नामिबिया २२ अंकमा तालिकाको सातौँ स्थानमा छ। २८ खेलबाट नै १४ खेलमा जित १५ खेलमा हार र दुई खेलमा अंक बाँडेको नेदरल्यान्ड्स ३२ अंकसहित तालिकाको तेस्रो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad