खेल


जब मेस्सीले आँसु थाम्न सकेनन् (तस्बिरहरू)

जब मेस्सीले आँसु थाम्न सकेनन् (तस्बिरहरू)

नेपालखबर
साउन ४, २०८३ सोमबार १०:१०, काठमाडौँ

फिफा विश्वकप २०२६ को फाइनलसम्म पुग्दा अर्जेन्टिनाले जित्यो मात्रै।

स्पेनविरुद्धको फाइनलमा रेफ्री भिन्चिजले खेल सकिएको अन्तिम सिटी बजाउँदा मेस्सीको टिम पराजित भइसकेको थियो। अर्जेन्टिाना उपविजेता बनिसकेको थियो।

विश्व फाइनलमा पराजित हुनुको पीडा मेस्सीले निकैबेर लुकाए। 

ट्रफी लिन बोलाइयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट उपविजेताको ट्रफी थापेर फर्किंदा समारोहभरि एउटै आवाज गुञ्जियो– मेस्सी! मेस्सी!!

मेस्सी रोएको देखेपछि स्तब्ध समर्थक
आफ्ना तमाम समर्थकबाट पाएको यो स्नेह पछि उनका आँखा टाढासम्म फैलिएजस्तो देखियो। त्यहाँ ‘मेस्सी...मेस्सी...’ गुञ्जायमान गर्ने समर्थकहरु नै त थिए। उनले आफ्नो इमोसन रोक्न सकेनन्।

कहीँ टाढा हेरिरहेका उनका आँखामा आँसु छचल्किए। उनको छेउमा रहेका रोड्रिगो पाउल पनि त्यो बेला सुँक्क सुँक्क गरिरहेथे।

साविक विजेता अर्जेन्टिनालाई स्तब्ध पार्दै स्पेनले फिफा विश्वकप- २०२६ को उपाधि उचालेको छ। १६ वर्षपछि स्पेन दोस्रोपटक विश्व च्याम्पियन बन्दा अर्जेन्टिना स्तब्ध भएको छ। 

यद्यपि विश्लेषकहरूले बहुप्रतीक्षित फाइनल खेलमा अर्जेन्टिनाले अपेक्षाअनुसार खेल्न नसकेको बताएका छन्। सोमबार बिहान भएको फाइनल खेलमा अर्जेन्टिनालाई १-० ले हराउँदै स्पेन १६ वर्षपछि विश्व च्याम्पियन बनेको छ।  

स्पेनले सन् २०१० पछि विश्वकपको उपाधि जिते तीनपटकको विश्व च्याम्पिएन अर्जेन्टिना स्तब्ध बनेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad