स्पेन र बार्सिलोनाकी मिडफिल्डर आइताना बोनमतीले तेस्रो पटक महिला बालोन डीओर जित्ने पहिलो खेलाडीको कीर्तिमान बनाएकी छन्।
२७ वर्षीया बोनमतीले आफ्नी अन्तर्राष्ट्रिय टोलीकी साथी आर्सनलकी विङ्गर मारियोना काल्डेन्टेलाई पछि पार्दै कीर्तिमान रचेकी हुन्।
शीर्ष १० मा पाँच इङ्गल्याण्डका खेलाडीहरू थिए। आर्सनलका तीन खेलाडी एलेसिया रुसो, क्लो केली र लिया विलियमसन क्रमशः तेस्रो, पाँचौँ र सातौँ स्थानमा रहे।
चेल्सीकी जोडी लुसी ब्रोन्ज र हन्ना ह्याम्पटन नवौँ र दशौँ स्थानमा रहे। बोनमतीले २०२३ र २०२४ मा पनि यो अवार्ड जितेकी थिइन्। बार्सिलोनाका खेलाडीहरूले २०२१ देखि लगातार पाँचौँ पटक यो उपाधि जितेका छन्।
मिडफिल्डर एलेक्सिया पुटेलासले २०२१ र २०२२ मा जितेपछि बिाँकी तीन उपाधि बानेपतिले कब्जा गरिन्। समारोहमा बार्सिलोनाका दिग्गज आन्द्रेस इनिएस्टाबाट पुरस्कार प्राप्त गरेपछि बोनमतीले भनिन्, ‘यहाँ मेरो लगातार तेस्रो पटक उपाधि म अझै पनि विश्वास गर्न सक्दिन। अविश्वसनीय छ। यसको लागि फ्रान्स फुटबललाई धन्यवाद।’
उनले यो उपाधि बाँड्न मिल्ने भए आफ्नो टोलीका साथीहरूलाई बाँड्थे भन्दै साथीहरूको असाधारण योगदानको कदर गरिन्।
सरिना विगम्यानले उत्कृष्ट महिला प्रशिक्षकको पुरस्कार जितिन् र चेल्सीकी हन्ना ह्याम्पटनलाई उत्कृष्ट महिला गोलकिपर घोषित गरियो।
पुरुषतर्फ पीएसजीका ओसमान डेम्बेलेले जितेका छन्। उनी बार्सिलोनाकै पूर्व खेलाडी हुन्। बार्सिलोनाका यामललाई पछि पार्दै उनले पुरुष बालोन डिओर जित्दा यामलले कोपा ट्रफी पाए।
Shares

प्रतिक्रिया