राजनीति


सरकारका कामकाज हेर्न उपसमिति गठन, अमरेश सिंहलाई प्रधानमन्त्री कार्यालयको जिम्मा

सरकारका कामकाज हेर्न उपसमिति गठन, अमरेश सिंहलाई प्रधानमन्त्री कार्यालयको जिम्मा

नेपालखबर
जेठ २८, २०८३ बिहिबार १५:४२, काठमाडौँ

संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारका काम कारबाही अध्ययन एवं सहजीकरण गर्न विभिन्न उपसमिति गठन गरेको छ। 

बिहीबार सुशासन समितिका सभापति हरि ढकालको सभापतित्वमा बसेको बैठकले उपसमितिहरू गठन गरेको हो। समितिको कार्यक्षेत्र अन्तर्गतका मन्त्रालय एवं निकायको काम कारबाही अध्ययन एवं सहजीकरण गर्न विभिन्न उपसमिति गठन गरिएको सुशासन समितिका सदस्य सचिव विशाला सापकोटाले जानकारी दिए। 

बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयका कामकारबाही हेर्ने जिम्मेवारी डा. अमरेशकुमार सिंहलाई दिएको छ। समितिले डा. सिंहको नेतृत्वमा सात सदस्यीय उपसमिति गठन गरेको हो। 

त्यस्तै, गृह मन्त्रालय हेर्न दीपकराज बोहरा र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हेर्न कमल सुवेदीको नेतृत्वमा सात–सात सदस्यीय उपसमिति गठन गरेको छ। संवैधानिक निकायहरू अख्यितार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र लोक सेवा आयोग हेर्न सुरेन्द्र चौधरीको नेतृत्वमा सात सदस्यीय समिति गठन गरिएको सुशासन समितिका सभापति ढकालले जानकारी दिए।

यससँगै बैठकले समितिको कार्यविधि तयारी गर्न कमल सुवेदीको नेतृत्वमा ११ सदस्यीय कार्यविधि मस्यौदा तर्जुमा उपसमिति गठन गवरेको छ भने समितिमा दर्ता भएका र हुने विभिन्न उजुरहरू अध्ययन विश्लेषण गरी समस्या समाधानका लागि सुझाव दिने गरी श्रद्धा कुँवर क्षेत्रीको नेतृत्वमा सात सदस्यीय उजुरी अध्ययन तथा सुझाव सिफारिस समिति गठन गरेको छ। 

समितिले अख्तियार र कारागार कार्यालयको स्थलगत अनुगमत गर्ने पनि निर्णय गरेको छ। त्यसका लागि सात सदस्यीय अनुगमन टोली गठन गर्ने जिम्मेवारी सभापति ढकाललाई दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad