सिजन २०२४–२५ को सर्वोत्कृष्ट पुरुष प्रशिक्षकको ट्रफी पेरिस सेन्ट–जर्मेन –पएिसजी) का लुइस एनरिकले पाएका छन्।
५५ वर्षीय स्पेनीस प्रशिक्षकले सिजनको सुरुमा स्टार खेलाडी एमबाप्पेलाई निःशुल्क स्थानान्तरणमा गुमाए पनि पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिग ट्रफी दिलाएका थिए। उनले घरेलु लिगसहित ट्रेबल उपाधि जिते।
बार्सिलोनाका पूर्व खेलाडी पेप ग्वार्डियोला पछि दुई फरक क्लबसँग ट्रेबल जित्ने दोस्रो व्यक्ति एनरिक मात्र हुन्।
समारोहमा भने लुइस एनरिक उपस्थित थिएनन्। उनी मार्सेलीविरुद्ध आफ्नो टोलीको व्यवस्थापन गरिरहेका थिए।
30
Shares

प्रतिक्रिया