खेल


यामललाई दोस्रोपटक कोपा ट्रफी

यामललाई दोस्रोपटक कोपा ट्रफी

नेपालखबर
असोज ७, २०८२ मंगलबार ११:२३, काठमाडौँ

बार्सिलोनाका स्टार लामिन यामालले दोस्रो पटक कोपा ट्रफी जितेका छन्।

बालोन डीओरमा पीएसजीका डेम्बेलेसँग पछि परेका यामलले २१ वर्षमुनिका उत्कृष्ट युवा खेलाडीलाई दिइने यो ट्रफी लगातार दोस्रोपटक जितेका हुन्।

बालोन डिओर जित्न नसकेर निराश भएका यामलले कार्यक्रमको केही घण्टाअगाडि नै कोपा ट्रफी जितेको हल्ला फैलिएको थियो।

यामल यो ट्रफी दुई पटक जित्ने पहिलो खेलाडी हुन्। यद्यपि यो ट्रफी दिन २०१८ बाट मात्रै थालिएको हो। 

उनले ला लिगा र कोपा डेल रेको उपाधि दिलाउन गत सिजन महत्वपुर्ण भूमिका खेलेका थिए। 

उनले १८ गोल गरे र  ५५ खेलमा २१ असिस्ट गरे।

उनले स्पेनलाई नेसन्स लिगको फाइनलमा पुर्‍याउन पनि मद्दत गरे। स्पेन पोर्चुगलसँग पेनाल्टीमा पराजित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad