बालोन डि’ओर २०२५ को उपाधि पेरिस सेन्ट–जर्मेनका फर्वाड ओस्मान डेम्बेलेले जितेका छन्। २८ वर्षीय फ्रान्सेली फरवार्डले गत सिजन पीएसजीका लागि ५३ खेलमा ३५ गोल र १४ असिस्ट गरेका थिए।
च्याम्पियन्स लिग, लिग उपाधि र फ्रेन्च कप जिताउन महत्वपुर्ण भूमिका खेलेका डेम्बेले लिग १ मा २१ गोलका साथ सर्वाधिक गोलकर्ता बनेका थिए।
फ्रान्सेली शीर्ष लिग र च्याम्पियन्स लिग वर्ष खेलाडी घोषित भएका डेम्बेलेले पहिलो पटक बालोन डि ओर जितेका हुन्।
पीएसजी क्लब विश्वकपको फाइनलमा भने चेल्सीसँग पराजित भएकमो थियो।
यो उपाधिका लागि डेम्बेलेले बार्सिलोनाका युवा फर्वाड लामिन यामाललाई पछि पारेका हुन्।
पेरिसमा भएको समारोहमा उपस्थित भएका डेम्बेले निक्के भावुक रुपमा प्रस्तुत भए। ब्राजिलियन दिग्गज फुटबलर रोनाल्डिन्होले उनलाई ट्रफी हस्तान्तरण गरेका थिए।
डेम्बेले हाल चोटका कारण बाहिर छन्। उनले सामारोहमा डेम्बेलेले यो उपाधि व्यवहारिक रुपमा सबैकुरा सँगै र टोलीले सामुहिक रुपमा जितेको बताए।
आफूलाई कठिन समयमा साथ दिएको भन्दै पीएसजी परिवारलाई आभार व्यक्त गरे।
पीएसजीका प्रशिक्षक लुइस एनरिक वर्ष प्रशिक्षक घोषित भए। डेम्बेलेलाई यो उपापधिसम्म ल्याउन उनको ठूलो भूमिका छ।
उनले डिसेम्बर १५ मा लियोन विरुद्ध डेम्बेलेलाई वाइड राइटबाट सेन्टर फरवार्ड भूमिकामा सारेका थिए। त्यसअघि केवल पाँच गोल गरेका डेम्बेलेले त्यसपछि ३० गोल गरे।
उनी यो अवार्ड जित्ने छैटौं फ्रान्सेली खेलाडी हुन्। २०२२ मा करिम बेन्जेमा पछि २१ औं शताब्दीका दोस्रो खेलाडी हुन्।
१८ वर्षीय लामिन यामाल दोस्रो स्थानमा रहे। उत्कृष्ट युवा खेलाडीको रुपमा उनले कोपा ट्रफी पनि जितेका छन्।
शीर्ष १० खेलाडीहरूमध्ये पाँच जना गत सिजन पीएसजी टोलीमा रहेकाहरु छन्।
जसमा भिटिन्हा (तेस्रो), अच्राफ हाकिमी (छैटौँ), जियानलुइगी डोनारुम्मा (नवौं) र नुनो मेन्डेस (दशौँ) भए।
लिभरपुलका मोहम्मद सलाह चौथो र चेल्सी र इङ्गल्याण्डका कोल पाल्मर आठौँ स्थानमा रहे।
गत वर्षको विजेता, म्यानचेस्टर सिटी र स्पेनका मिडफिल्डर रोड्री चोटका कारण यसपटक सर्टलिस्टमै परेनन्।
Shares

प्रतिक्रिया