इटालीका गोलकिपर डोनारुम्माले सिजन २०२४-०२५ को उत्कृष्ट गोलकिपरको अवार्ड जितेका छन्।
पीएसजीको प्राथमिकतामा नपरेपछि उनी हाल म्यानचेस्टर सिटीमा छन्। सिटीले उनलानई २६ मिलियनमा सिजनको सुरुवातमा अनुबन्ध गरेको हो। उनले पेरिस सेन्ट जर्मेनमा गत सिजन गरेको प्रदर्शनका कारण यो उपाधि जितेका हुन्।
२६ वर्षीय खेलाडीले ४७ खेलमा ट्रेबल विजेताका लागि १७ खेलमा १७ क्लिन सिट राखेका थिए। लिभरपुलका एलिसन बेकरलाई डोनारुम्माले पछि पारे।
युरो २०२० मा प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएपछि डोनारुम्माले २०२१ मा पनि यो अवार्ड जितेका थिए।
एस्टन भिल्ला र अर्जेन्टिनाका एमिलियानो मार्टिनेजले विगत दुई वर्षदेखि यो अवार्ड जितेका थिए। मार्टिनेज यस पटक आठौँ स्थानमा रहे।
Shares

प्रतिक्रिया