खेल


‘नेपालगञ्ज नाइट रन’लाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त

‘नेपालगञ्ज नाइट रन’लाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त

नेपालखबर
असार २८, २०८२ शनिबार १६:४३,

नेपालमा रातमा आयोजना हुने एक मात्र १० किलोमिटर दूरीको ‘नेपालगञ्ज नाइट रन’ अब विश्व दौड मञ्चमा पहुँच बनाउँदै एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) मा औपचारिक रूपमा आबद्ध भएको छ। 

संविधान दिवसको अवसर पारेर हरेक वर्ष असोज ३ गते राति सुर्खेत रोडमा आयोजना हुने यो प्रतियोगिता गत वर्षदेखि सुरु गरिएको हो। यो आवद्धतासँगै एम्सद्वारा मान्यता प्राप्त दुई इभेन्ट धारा नेपालगञ्ज म्याराथन र नेपालगन्ज नाइट रन हुने नेपालगञ्ज नेपालकै पहिलो सहर छ।

नेपालगन्ज म्याराथनको रुटलाई नेपालमै सबैभन्दा सरल मानिन्छ। एम्स सदस्यता प्राप्त भएपछि यी दौडहरू एम्सको ग्लोबल क्यालेन्डरमा सूचीकृत हुनेछन्।

नेपालगञ्ज म्याराथनका संस्थापक तथा एम्सका नेपाल प्रतिनिधि टीएस ठकुरी भन्छन्, ‘यसले सहरको ब्रान्डिङमा सहयोग गर्छ र विदेशी सहभागीहरूलाई अपडेट गराउँछ।’


नेपालगञ्ज म्याराथनअन्तर्गत काठमाडौँ २५ के हेरिटेज रन, कर्णाली हाफ म्याराथन र गौघाट ग्रीन रनजस्ता दौडहरू पनि वार्षिक रूपमा सञ्चालन हुँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad