खेल


एन्फामाथिको ‘कन्ट्रोल फन्डिङ’ हट्यो, यसरी पुग्नेछ नेपालाई फाइदा

एन्फामाथिको ‘कन्ट्रोल फन्डिङ’ हट्यो, यसरी पुग्नेछ नेपालाई फाइदा

फाइल तस्बिर


नेपालखबर
असार २८, २०८२ शनिबार १७:२०, काठमाडौँ

विश्व फुटबल महासंघ(फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि जारी राखेको ‘कन्ट्रोल फन्डिङ’  हटाएको छ।

एन्फाले शनिबार विज्ञप्ति जारी गर्दै फिफाको गभर्नेन्स, अडिट तथा कम्प्लायन्स समितिको जुलाई १० को निर्णयअनुसार उक्त नियन्त्रण हटाइएको जानकारी दिएको हो।

फिफा र एफसीको यस्तो निर्णयले संघमा आर्थिक पारदर्शीता र सुशासन कायम रहेको प्रमाणित गरेको समेत एन्फाले दाबी गरेको छ। ‘संघ मुख्यत फिफा र ए. एफ.सी. को आर्थिक अनुदानबाट सञ्चालन हुने गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ दुबै अन्तराष्ट्रिय आवद्धता प्राप्त संस्थाहरुबाट भएको प्रत्यक्ष अनुगमन, लेखा परिक्षण र चेक जाँचहरु पश्चात भएको उल्लेखित निर्णयहरुले अखिल नेपाल फुटबल संघमा आर्थिक पारदर्शीता र सुशासन कायम रहेको प्रमाणित भएको छ।’ 

कन्ट्रोल फन्डिङ के हो?

‘कन्ट्रोल फन्डिङ सिष्टम’ भनेको फिफाले कुनै देशको फुटबल संघलाई सिधा रुपमा आर्थिक अधिकार नदिई, कडाइका साथ निगरानी गरेर मात्र रकम उपलब्ध गराउने व्यवस्था हो।

नियन्त्रण हटेसँगै अब एन्फाले फिफाबाट प्राप्त हुने अनुदानलाई आफ्नै निर्णयमा खर्च गर्न सक्नेछ। त्यस्तै योजनाहरू पारित गराउन फिफासँग अनुमति मागिरहनु नपर्ने भएकोले कार्यान्वयन छिटो, सजिलो र प्रभावकारी हुनेछ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad