नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियन टप एन्ड टी-२० सिरिजमा खेल्ने खेलको तालिका सार्वजनिक भएको छ। सार्वजनिक टोलीमा नेपालसहित चार राष्ट्रका टोली र अस्ट्रेलियन बिग ब्यास लिगका एकेडेमी खेलाडी समावेश छन्। सिरिजमा नेपालले ६ खेल खेल्नेछ।
सिरिजमा नेपाल, पाकिस्तान शाहीन्स, बंगलादेश ‘ए’ र अमेरिकाको शिकागो किङ्समेन, अस्ट्रेलियाका पाँच बिग ब्यास एकेडेमी टोलीहरू होबार्ट हुरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स, साथै एसीटी कोमेट्स र स्थानीय एनटी स्ट्राइक टोली सहभागी हुनेछन्।
तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल १५ अगस्टमा नर्दन टेरिटोरी स्ट्राइकसँग खेल्नेछ भने दोस्रो खेल १६ अगस्टमा बंगलादेश ए विरुद्ध खेल्नेछ। नेपालले आफ्नो तेस्रो खेल १८ अगस्टमा मेलबर्न स्टार्सविरुद्ध खेल्नेछ। त्यस्तै चौथो खेल १९ अगस्टमा होबार्ट हुरिकेन्सविरुद्ध, पाँचौँ खेल २० अगस्टमा मेलबर्न रेनेगेड्सविरुद्ध र अन्तिम तथा छैटौँ खेल २२ अगस्टमा पाकिस्तान साहीन्सविरुद्ध खेल्नेछ।
लिग चरणमा शीर्ष ४ मा पुग्ने टिम सेमिफाइनल खेल्नेछन्। यीमध्ये दुई बिजेता फाइनल खेल्नेछन्। नेपालले यो प्रतियोगिता आउँदो अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका लागि खेल्न लागेको हो।
Shares

प्रतिक्रिया