नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले रसुवा जिल्लामा मंगलबार आएको बाढीले अटोमोबाइल आयात प्रणालीमा गहिरो असर परेको जनाएको छ।
अध्यक्ष करण चौधरीले विज्ञप्ति जारी गर्दै जनधनको ठूलो क्षति भएको भन्दै दुःख व्यक्त गरेका हुन्।
‘हालै रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिले केवल मानवीय जनजीवन मात्र नभई मुलुकको प्रमुख व्यापारिक नाका—केरुङ ररसुवागढी—मार्फत हुने अटोमोबाइल आयात प्रणालीमा गहिरो असर पु¥याएको छ’, उनले भने, ‘यसले भन्सार परिसरमा रहेका निर्माणाधिन सुख्खा बन्दरगाह, पार्किङ्गमा रहेका कन्टेनरहरु समेत बगाएको छ। यस कठिन घडीमा हामी सम्पूर्ण पीडितहरूप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छौं।’
आफ्नो घर, व्यवसाय र जीवनयापन गुमाउनुपरेको पीडा अवर्णनीय रहेको भन्दै नाडाले त्यसमा गहिरो सहानुभूति प्रकट गरेको उनले बताए।
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, हरेक कठीन घडीहरुमा अटोमोवाइल क्षेत्रका सम्पूर्ण सदस्यहरूको सधैं साथमा रहदै आएको विज्ञप्तिमा उल्लेख छ।
Shares

प्रतिक्रिया