खेल


जंगी अड्डामा प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

जंगी अड्डामा प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

नेपालखबर
बैशाख २१, २०८२ आइतबार २२:४, काठमाडौँ

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आइतबारदेखि सुरु भएको छ। जंगी अड्डामा सुरु भएको प्रतियोगितामा पहिलो दिन महिला तथा पुरुषका विभिन्न उमेर समूहका प्रतियोगिताहरु सञ्चालन भएका छन्।

सरकारी कर्मचारीतर्फ पुरुष एकल खेलमा देवबहादुर क्षेत्री विजयी भएका छन्। पुरुष एकल खुल्ला प्रतियोगितातर्फ ६ वटा खेल सञ्चालन भएका छन्।

जसमा दर्शिल श्रेष्ठ, देव आशिष रेउले, नेहल जंग बहादुर थापा, राजवीर प्रधान, कुमार जिसी र निशान श्रेष्ठ विजयी भएका छन्।

महिला एकलमा खुल्लातर्फ तीनवटा खेल सम्पन्न हुँदा स्वस्तिका विष्ट, प्रज्ञा मानन्धर र जेनी खड्का विजयी भएका छन्।

४५ माथिको ६ वटा खेल सम्पन्न हुँदा यज्ञ भण्डारी, माधव थापा, देव बहादुर क्षेत्री, दुर्गा कुँवर, निरेश बहादुर श्रेष्ठ र सुमित मैनाली विजयी भएका छन्।

यस्तै ५५ माथिको एकल तर्फ नै निरन्जन कुमार श्रेष्ठ, जितेन्द्र खड्का, काजी गुरुङ्ग, ताई ह्‍वाङ ह्‍वे र ठाकुर खनालले विजय सुरुवात गरेका छन्।

५५ माथिको डबलतर्फ मधु र सुशील राज पाण्डेको सेट विजयी भएका छन् भने ७० माथि एकलतर्फ दिपक श्रेष्ठ र इन्द्रबहादुर कार्कीले विजय सुरुवात गरेका छन्।

प्रतियोगिताको बलाधिकृत रथी निर्मलकुमार थापाले उद्घाटन गरेका हुन्। प्रतियोगितामा विभिन्न ९ वटा क्लबका १५ जना महिलासहित १९६ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

वैशाख २८ गतेसम्म जंगी अड्डा र दशरथ रंगशालास्थित टेनिस कोर्टमा सञ्चालन हुने प्रतियोगितामा खुल्ला तथा भेट्रान्सतर्फ विभिन्न १२ वटा विधामा प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad