खेल


विराट गोल्डकपको फाइनलमा चर्च ब्वाइज र थ्रीस्टार भिड्ने

विराट गोल्डकपको फाइनलमा चर्च ब्वाइज र थ्रीस्टार भिड्ने

नेपालखबर
फागुन २६, २०८१ सोमबार २१:४०, विराटनगर

सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी विराट गोल्डकपको फाइनलमा पुगेको छ।

विराटनगरको सहिद मैदानमा सोमबार भएको सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई १–० गोलले हराउँदै चर्च ब्वाइज उपाधिको नजिक पुगेको हो।

लाक्पा पाख्रिनले गरेको गोल नै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो। विदेशी खेलाडी एबायोमीले निकालेको लामो पासलाई लाक्पाले ७० औँ मिनेटमा गोल गरेका थिए।

जितसँगै चर्च ब्वाइजले उपाधिको लागि बुधवार थ्रीस्टारको सामना गर्नेछ। थ्रीस्टारले आइतबार विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै उपाधि नजिक पुगेको हो। चर्च ब्वाइजले क्वारटफाइलनमा एनआरटीलाई २–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको थियो।

पटक–पटक अवसर पाए पनि विराट गोल्डकपको चौथो संस्करणको विजेता पुलिसले गोल फर्काउन नसक्दा टोलीको यात्रा सेमिफाइनलमै टुङ्गियो। २०७२ सालमा भएको विराट गोल्डकपको फाइनलमा झापा ११ लाई १–० गोलले हराउँदै पुलिसले उपाधि जितेको थियो।

चर्च ब्वाइजले यो सिजनमा भएको २४ औँ आहा रारा पोखरा गोल्डकपमा हारको बदला पनि विराट गोल्डकपमा आएर लिएको छ।  ३० माघमा पोखरामा भएको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुलिसले चर्च ब्वाइजलाई १–० गोलले पराजित गरेको थियो।

खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका गौरव श्रेष्ठ घोषित भए। उनले नगद ११ हजार पाए।  विराट गोल्डकपको विजेताले ११ लाख र उप विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad