दक्षिण अफ्रिकालाई हराउँदै भारतले आईसीसी यू-१९ महिला टी-२० विश्वकपको उपाधि जितेको छ।
आइतबार मलेसियाको क्वालालम्पुरमा भएको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै विश्वकप जितेको हो।
पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ८२ रन बनाएर भारतीय टोलीलाई ८३ रनको लक्ष्य दियो।
त्यसपछि भारतीय टोलीले ८.४ ओभर बाँकी रहँदा यो लक्ष्य हासिल गर्यो।
भारतका लागि त्रिशा गोंगाडीले तीन विकेट, पारुनिका सिसोदिया, आयुषी शुक्ला र वैष्णवी शर्माले दुई-दुई विकेट लिए।
भारतीय टोलीका लागि ब्याटिङमा त्रिशा गोंगाडीले सर्वाधिक रन (४४) बनाइन्।
126
Shares

प्रतिक्रिया