खेल


एनपीएलमा आज पनि २ खेल, भिड्दै छन् यी ४ टिम

सुदूरपश्चिम र पोखरा पहिलो खेल खेल्दै
एनपीएलमा आज पनि २ खेल, भिड्दै छन् यी ४ टिम

नेपालखबर
मंसिर १८, २०८१ मंगलबार ७:५२, काठमाडौँ

काठमाडौँमा जारी  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (मंगलबार) पनि दुई खेल हुँदै छन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने आजको पहिलो खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन्। 

सुदूरपश्चिमले एनपीएल यात्रा सुरु गर्न लागेको हो भने पहिलो खेलमा जनकपुरसँग ८ विकेटले पराजित विराटनगर भने पहिलो जितको खोजीमा मैदान उत्रिँदै छ। 

यस्तै दिउँसो १ बजे सुरु हुने आजको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दै छन्। 

पोखराले एनपीएलमा पहिलो खेल खेल्न लागेको हो भने चितवन लगातार दोस्रो जितको खोजीमा मैदान उत्रिन लागेको हो।

यसअघि सोमबार मात्र चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले हराएको हो।  सोमबारको दोस्रो खेलमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले हराएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad