खेल


नेपाल प्रिमियर लिगका लागि तयार छ ऐरीको सुदूरपश्चिम

नेपाल प्रिमियर लिगका लागि तयार छ ऐरीको सुदूरपश्चिम

नेपालखबर
मंसिर १८, २०८१ मंगलबार ५:५४, काठमाडौँ

सुदूरपश्चिमेली खेलाडीलाई प्राथमिकता दिँदै टोली निर्माण गरेको सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)का लागि तयार भइसकेको छ।

राष्ट्रिय टोलीका कीर्तिमानी अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई मार्की खेलाडी बनाएको सुदूरपश्चिम सन्तुलित टोलीका रुपमा देखिएको छ। 

सुुदूरपश्चिमले आइकोनिकसहित सात जना सुदूरपश्चिमका खेलाडीलाई टोलीमा अनुबन्ध गरेको छ। 

ऐरीसँगै राष्ट्रिय र उमेर समूहका अनुभवी खेलाडी पनि छन्। टोलीमा विनोद भण्डारी, नरेश बुढाऐर, नरेन साउद, खड्ग बोहरा र भोजराज भट्ट सुदूरपश्चिमकै हुन्। सुदूरपश्चिमले बलर अविनाश बोहरा, आरिफ शेख, अर्जनु कुमाल, इशान पाण्डे र अमित श्रेष्ठलाई अनुबन्ध गरेको छ।

एनपीएलका लागि सुदूरपश्चिमले चार विदेशी खेलाडीलाई अनुबन्ध गरिसकेको छ। सुदूरपश्चिमले नेपाली भूमिसँग परिचित अनुहारलाई एनपीएलका लागि टोलीमा अनुबन्ध गरेको छ। 

सुदूरपश्चिमले संयुक्त अरब इमिरेट्स (युएई) का रोहन मुस्ताफा, स्कटल्यान्डका ब्रान्डन म्याकमुलेन, इंग्ल्यान्डका सैफ अली जैब र न्युजिल्यान्डका बलर स्कट कुगेलेइनलाई राखेको छ। 

उमेर समूहमा राम्रो प्रभाव छाडिसकेका अर्जुन र नरेनलाई सुदूरपश्चिमले टोलीमा राखेको छ। यद्यपि उनीहरुले एनपीएलको उद्घाटन खेल भने गुमाउनेछन्। शुक्रबारबाट सुरु हुने एसीसी यू–१९ एसिया कपका लागि अर्जुन र नरेन टोलीसँगै बाहिर छन्। 

सुदूरपश्चिमलाई राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटाले प्रशिक्षण दिइरहेका छन्। सुदूरपश्चिमकै टमाटाको नेतृत्वमा रहेको टोली एनपीएलमा सुखद सुरुवात गर्ने योजनामा छ। 

एनपीएलमा आफ्नो टोलीले शतप्रतिशत दिएर जितका लागि खेल्ने मुख्य प्रशिक्षक टमाटाले बताएका छन्। 

एनपीएलका लागि आफ्ना विदेशी खेलाडीहरु शनिबारसम्म नेपाल आइपुग्ने प्रशिक्षक टमाटाले बताएका छन्। 

टमाटासँग नेपालको राष्ट्रिय महिला–पुरुष टोलीदेखि लिएर उमेर समूहलाई हेरेको अनुभव समेत छ। जुन अनुभवलाई प्रयोग गर्दै सुदूरपश्चिमले उपाधि जित्ने लक्ष्य राखेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad