बागमती


काठमाडौँको न्यूनतम तापक्रम ८१ साल सुरु भएयताकै कम

काठमाडौँको न्यूनतम तापक्रम ८१ साल सुरु भएयताकै कम

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
मंसिर १८, २०८१ मंगलबार ८:२७, काठमाडौँ

नेपालमा औपचारिक रूपमा विन्टर अर्थात् हिउँद सुरु भइसकेको छ। डिसेम्बर १ देखि नेपालको मौसम हिउँदयाममा प्रवेश गरेको हो। 

योसँगै दिनप्रतिदिन तापक्रम घट्ने र चिसो बढ्ने क्रम बढेको छ।

यसै क्रममा आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २०८१ सुरु भएयताकै कममा झरेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियसमा झरेको हो। यसअघि उपत्यकाको न्यूनतम ७ डिग्री सेल्सियससम्म मात्र झरेको थियो। 

‘तर आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८ः४५ बजे आउँछ’, मौसमविद् अर्यालले भने, ‘त्यतिबेला अझ थोरै घट्न पनि सक्छ अथवा यत्ति नै पनि रहन सक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad