मलेसियामा आयोजना हुने एसीसी यू-१९ महिला प्रिमियर कपका लागि नेपाली टिमको घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार सोनी पाख्रिनको कम्तानीमा टिम घोषणा गरेको हो।
टिममा सना प्रवीण, अलिसाकुमारी यादव, सावित्री धामी, मनीषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, अनु कडायत, त्रिसना विश्वकर्मा, कुस्मा गुरुङ, अन्जी पाठक, मनीषा चौधरी, स्नेहा महरा, करुणा विष्ट, प्रतिमा साह, प्रिसना रानामगर, साक्षी यादव र आश्ना चौधरी रहेका छन्।
एसियाली क्रिकेट काउन्सिलको आयोजनामा हुने प्रिमियर कप जुलाई ११ देखि सुरु हुनेछ।
21
Shares

प्रतिक्रिया