खेल


सुदूरपश्चिमसँग पहिलो जित खोजिरहेको विराटनगर (प्रिभ्यु)

सुदूरपश्चिमसँग पहिलो जित खोजिरहेको विराटनगर (प्रिभ्यु)

नेपालखबर
मंसिर १८, २०८१ मंगलबार ७:७, काठमाडौँ

विराटनगर किंग्सविरुद्ध खेल्दै सुदूरपश्चिम रोयल्सले मंगलबार नेपाल प्रिमियर लिग (एनपीएल) को यात्रा सुरु गर्दै छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने मंगलबारको पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ। 

पहिलो खेलमा जनकपुरसँग ८ विकेटले पराजित भएको विराटनगर पहिलो जितको खोजीमा मैदान उत्रिँदै छ। 

उता सुदूरपश्चिमले भने एनपीएलमा पहिलो खेल खेल्न लागेको हो। सुदूरपश्चिम सुखद सुरुवातको योजनामा छ।

उद्घाटन खेलमा जनकपुरसँग पराजित हुँदा विराटनगरका मार्टिन गुप्टिल एनपीएलको पहिलो संस्करणमा अर्धशतक हान्ने पहिलो खेलाडी बनेका थिए। न्युजिल्यान्डका उनले ३६ बलमा अर्धशतक पूरा गरेका थिए। 

सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रेको विराटनगरले पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्न सकेन।

विराटनगरको टोलीमा सन्दीपसँगै लोकेश बम, प्रतिस जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहोरा, सुभाष भण्डारी, नरेन भट्ट, म्रिनाल गुरुङ छन्। 

विदेशी खेलाडीमा ओमानका अकिब इलियास, स्कटल्यान्डका क्रिस सोल, न्युजिल्यान्डका मार्टिन गुप्टिल, क्यानडाका निकोलस कीर्तन र अफगानिस्तानका इस्मत आलमलाई अनुबन्ध गरेको छ। 

उता राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुुदूरपश्चिम एनपीएलमा सुखद सुरुवात गर्ने योजनामा छ। 

सुदूरपश्चिममा ऐरीसँगै विनोद भण्डारी, नरेश बुढाऐर, नरेन साउद, खड्ग बोहरा र भोजराज भट्ट सुदूरपश्चिमकै हुन्। सुदूरपश्चिमले बलर अविनाश बोहरा, आरिफ शेख, अर्जुन कुमाल, ईशान पाण्डे र अमित श्रेष्ठ छन्। 

सुदूरपश्चिमले संयुक्त अरब इमिरेट्स (यूएई)का रोहन मुस्ताफा, स्कटल्यान्डका ब्रान्डन म्याकमुलेन, इंग्ल्यान्डका सैफ अली जैब र न्युजिल्यान्डका बलर स्कट कुगेलेइनलाई टोलीमा अनुबन्ध गरेको छ।

उमेर समूहमा राम्रो प्रभाव छाडिसकेका अर्जुन र नरेनले टोलीको पहिलो खेल गुमाएका छन्। उनीहरु एसीसी यू–१९ एसिया कप खेल्ने टोलीसँगै हाल यूएईमा छन्। 

विराटनगर किङ्स : सन्दीप लामिछाने, लोकेश बम, प्रतिस जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहोरा, सुभाष भण्डारी, नरेन भट्ट, म्रिनाल गुरुङ, अकिब इल्यास, निकोलस कीर्तन, मार्टिन गप्टिल, क्रिस सोल र इस्मत आलम 

सुदूरपश्चिम रोयल्स : दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, वसन्त खत्री, ब्रान्डन मक्मलेन, सेफ अलि जेब, स्कट कुगेलेइन, रोहन मुस्तफा 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad