राष्ट्रिय क्रिकेट टोलीका ब्याटर अर्जुन कुमाल इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सी प्रालिको ब्रान्ड एम्बेसडर बनेका छन्। प्रालिले आज आइतबार पत्रकार सम्मेलन गर्दै अर्जुनलाई आफ्नो सद्भावना दूतका रूपमा नियुक्त गरेको हो।
सम्झौता पत्रमा ब्याटर अर्जुन र प्रालिका अध्यक्ष उद्धव बनले हस्ताक्षर गरे। सम्झौताअनुसार अर्जुन २ वर्षका लागि प्रालिको सद्भावना दूत रहनेछन्।
उमेर समूहबाट नेपालको प्रतिनिधित्व गर्दै आएका अर्जुन हाल राष्ट्रिय टोलीका खेलाडीसमेत हुन्। घरेलु मैदानमा भएको आईसीसी विश्वकप लिग-२ मा यूएईविरुद्ध खेल्दै अर्जुनले सिनियर टोलीमा डेब्यू गरेका थिए। ओमानविरुद्ध ४८ रन बनाएका थिए।

आईसीसी यू-१९ विश्वकपमा अर्जुनले न्युजिल्यान्डविरुद्ध १ सय ४ बलमा ९०, पाकिस्तानविरुद्ध ३७ बलमा २१ र अफगानिस्तविरुद्ध १ सय ८ बलमा ९१ रन बनाएका थिए। त्यसअघि मलेसियामा भएको एसीसी यू-१९ प्रिमियर कपमा साउदी अरेबियाविरुद्ध १ सय ४३ रन बनाएका थिए।
पीएम कपमा अर्जुन लगातार उत्कृष्ट ब्याटर बनेका थिए। पीएम कपको एकै संस्करण ५ सय रन पूरा गर्ने अर्जुन एक्ला खेलाडी हुन्। जहाँ उनले ९ खेलमा २ शतकसहित ५ सय ४ रन बनाए।
सोही कार्यक्रममा प्रालिले नेपाली क्रिकेटलाइ पुर्याएको योगदानस्वरूप क्रिकेटर शरद भेषावकर र खेल पत्रकार विनोद पाण्डेलाई सम्मान गरेको थियो।






Shares

प्रतिक्रिया