ad ad

खेल


सन्दीपलाई फेरि दिएन अमेरिकी दूतावासले भिसा

सन्दीपलाई फेरि दिएन अमेरिकी दूतावासले भिसा

नेपालखबर
जेठ १७, २०८१ बिहिबार १७:८, काठमाडौँ

अमेरिकी दूतावासले आईसीसी टी–२० विश्वकपका लागि क्रिकेटर सन्दीप लामिछानेको भिसा दिन फेरि अस्वीकार गरेको छ। 

बिहीबार नेपालस्थित अमेरिकी दुतावासले सन्दीपलाई अमेरिका प्रवेश गर्न आवश्यक भिसा दिन अस्वीकार गरेको उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले जानकारी दिए।

फर्कने सम्भावना नदेखिएको भन्दै सन्दीपलाई दूतावासले भिसा दिन अस्वीकार गरेको घिमिरेले नेपालखबरलाई बताए। 

गत बुधबार पनि अमेरिकी दुतावासले सन्दीपको पनि भिसा दिन अस्वीकार गरेको थियो। त्यसको एक सातापछि सन्दीपले अमेरिकी दुतावासले सन्दीपले भिसाका लागि गरेको आग्रह स्वीकार गरेको थियो। 

दूतावासले सन्दीपलाई भिसा नदिएपछि नेपाल क्रिकेट संघ (क्यान), युवा तथा खेलकुद मन्त्रालय र परराष्ट्र मन्त्रालयले पहल सुरु गरेका थिए।

कुटनीतिक रुपमा सरकारले पहल गरेसँगै सन्दीपले दोस्रो पटक भिसाका लागि आवेदन दिएका थिए। सोही प्रक्रिया अनुसार उनलाई बिहिबार अन्तवार्ताका लागि बोलाइएको थियो। 

सन्दीपलाई भिसा दिन बुधबार माइतीघरमा उनका समर्थकले प्रर्दशन गरेका थिए। 

बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि क्यानले उनको निलम्बन फुकुवा गरेको थियो। निलम्बन फुकुवासँगै विश्वकपका लागि सन्दीप टोलीमा फर्कने बाटो खुलेको थियो।

क्यानले विश्वकपका लागि आइसीसीसामु सन्दीपलाई टोलीमा राख्न गरेको आग्रह स्वीकार गरेको थियो। क्यानले पूर्व घोषित टोलीमा फेरबदल गर्न पाउने मिति २५ मे सम्म सन्दीपलाई पनि समट्दै खेलाडीको नाम बुझाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .