ad ad

कारोबार


अर्थ मन्त्रालयको ‘मिस्टेक’मा अटो व्यवसायी हर्षित

अर्थ मन्त्रालयको ‘मिस्टेक’मा अटो व्यवसायी हर्षित

नेपालखबर
जेठ १७, २०८१ बिहिबार १७:१५, काठमाडौँ

भन्सार विभागले पेट्रोल डिजेलका गाडीमा भ्याट छुट नभएको बताएको छ।

अटो व्यवसायीले पेट्रोल–डिजेलका गाडीमा भ्याट छुटले खुसी मनाउँदा भन्सारले पुरानै व्यवस्थाअनुसार गाडी छुट्ने बताएको हो। 

पछिल्ला वर्षमा डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनहरुको बिक्रीमा ठूलो ह्रास आएको छ। जसको प्रत्यक्ष प्रभाव देशको राजस्वमा परिरहेको स्वयं सरकारले महशुस गरिरहेको व्यवसायी बताउँछन्।

अटो व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले वर्तमान बजेटले पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुमा मूल्य अभिवृद्धि कर नलाग्ने व्यवस्थालाई स्वागत गरेका छन्।

‘यसले डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनहरुको बिक्रीमा केही सुधार आउने अपेक्षा समेत हामीले राखेका छौँ’, नाडाले भनेको छ। 

तर अर्थ मन्त्रालयले भन्सारलाई पठाएको सर्कुलरमा भ्याट छुटको व्यवस्था नभएको निर्देशक पुण्य विक्रम खड्काले बताए।

‘अर्थ मन्त्रालयले हामीलाई पठाएको डकुमेन्टमा भ्याट नलाग्ने भनेको छैन,’ खड्काले भने, ‘आर्थिक विधेयकमा गल्ती भएको हुनसक्छ। हाम्रो सिस्टममा १३ प्रतिश्त भ्याट लाग्ने व्यवस्था नै रहेको छ।’

उनले पेट्रोल डिजेलका गाडीमा भ्याट छुट दिने निर्णय गरे त्यसको डकुमेन्ट विभागमा आउनुपर्ने बताए। 

हाल ८७०२ र ८७०३ अन्तर्गत एम्बुलेन्स र शववाहनलाई मात्र भ्याट छुट हुने व्यवस्था छ। विधेयकमा एचएसकोडअन्तर्गत पर्ने कारजिप भ्यानमा भ्याट छुट दिने उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .