खेल


सावित्राको निर्णायक गोलमा गोकुलमले जित्यो भारतीय महिला लिगको उपाधि

सावित्राको निर्णायक गोलमा गोकुलमले जित्यो भारतीय महिला लिगको उपाधि

नेपालखबर
फागुन २, २०७६ शुक्रबार ११:१५,

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी साम्बाको निर्णायक गोलमा गोकुलम केरला एफसीले भारतीय महिला लिगको उपाधि उचालेको छ। ब्याङ्ग्लोर फुटबल स्टेडियममा शुक्रबार भएको फाइनलमा कृप्सा एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै गोकुलमले पहिलो पटक उपाधि हात पारेको हो।

उपाधिसँगै गोकुलमले १० लाख भारतीय रुपैयाँ प्राप्त गर्यो। उपविजेता बनेको कृप्सा एफसीले ५ लाख भारतीय रुपैयाँमा चित्त बुझाएको छ।

छनोटसहित ८ खेलमा १८ गोल गरेकी सावित्रा महिला लिगको सर्वाधिक गोलकर्ता समेत बनिन्। सावित्राले १ लाख भारतीय रुपैयाँ पाएकी छिन्। छनोट चरणमा समेत सावित्राले ३ गोल गरेकी थिइन्।

सावित्राले खेलको पहिलो हाफमा २–१ ले अग्रता बनाएको गोकुलमले दोस्रो हाफमा १ गोल थप्यो।

samba gokulam sabitra i league

२–२ को बराबरीको अवस्थामा रहँदा सावित्राले निर्णायक गोल गरेकी थिइन्। सावित्राले खेल सकिन ३ मिनेट बाँकी रहँदा मनिषाको पासमा गोल गर्दै गोकुलमको जित पक्का गरेकी हुन्।

एउटा छनोट खेल समेत खेलेकी सावित्राले लिग चरणमा पहिलो रोजाइमा मैदान उत्रेकी थिइन्। दोस्रो मिनेटमा परमेश्वरी देवीको गोलबाट अग्रता लिएको गोकुलमका लागि २५औँ कमलादेवीले गोल थपेकी थिइन्। ३४औं मिनेटमा कृप्साका लागि कप्तान दाङमय ग्रेसले गोल फर्काएकी थिइन्। कृप्साका लागि रतन बालादेवीले ७३औँ मिनेटमा गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्याएकी थिइन्।

सेमिफाइनलमा सावित्राको टोलीले अनिता बस्नेत सम्मिलित सेथु एफसीलाई ३–० ले पराजित गर्दै फाइनल पुगेको थियो। सावित्राले गत सिजन अनितासँगै सेथुबाट खेलेकी थिइन्।

त्यति बेला टोलीलाई च्याम्पियन बनाउने क्रममा सावित्राले १५ गोल गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad