सिंगापुरका प्रधामन्त्री ली सिङ लुङले कोरोना भाइरस प्रकोपका कारण कारण आर्थिक मन्दी आइपर्न सक्ने बताएका थिए।
चाङ्गी विमानस्थलमा प्रधानमन्त्री लीलाई यसबारे प्रश्न सोधिएको थियो।
‘आर्थिक मन्दी हुन्छ हुँदैन म भन्न सक्दिनँ। यस्तो सम्भव छ। किनभने यसले अर्थतन्त्रलाई निश्चय नै धक्का पु¥याउनेछ,’ उनले भने।
कोरोनाको प्रकोपले सार्सको प्रकोपलाई उछिनेको भन्दै उनले सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित भएको बताए।
बिहीबारसम्ममा सिंगापुरमा ५८ जना कोरोनाबाट संक्रमित भएका छन्। एजेन्सी
3
Shares

प्रतिक्रिया