ad ad

खेल


च्यासल र पुलिसको बराबरी

च्यासल र पुलिसको बराबरी

नेपालखबर
पुस २३, २०७६ बुधबार १२:५९,

शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत बुधबारको दोस्रो खेलमा नेपाल पुलिस क्लव र च्यासल युथ क्लबले बराबरी गर्दै अंक बाँडेका छन्। काठमाडौको दशरथ रगंशालामा आज भएको खेलमा दुवै टोलीले २–२ को बराबरी गर्दै अंक बाँडे। 

बराबरीसँगै च्यासल ५ अंकमा नवौ स्थानमा छ। पुलिस भने ८ अंकमा छैटौ स्थानमा छ। खेलको पहिलो हाफमा पुलिसले २–१ गोलले अग्रता बनाएपनि दोस्रो हाफमा च्यासलले गोल थप्दै खेल बराबरीमा टुङग्यायो।

खेलको ५ औं मिनेटमा विपक्षी रक्षकहरु अलर्ट नभएको अवस्थामा पेनाल्टी बक्समा प्राप्त बलमा नीरकुमार राईले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए। तर, १८ औं मिनेटमा कप्तान सन्तोष शाहुखलले गोल गर्दै च्यासललाई बराबरीमा ल्याए। खेलको म्यान अफ दि म्याच समेत बनेका सन्तोषको लिगमा त्योे सयौं गोल थियो। लिगमा एक सय गोल पुरा गर्ने उनी पहिला खेलाडी हुन्।

तर पहिलो हाफको ४० औं मिनेटमा पुलिसले सुमन लामाको गोलबाट पुनः अग्रता लियो। दोस्रो हाफमा सन्तोषले ह्याट्रिक पुरा गर्ने केहि अवसर पाए पनि सफल हुन सकेनन्। दोस्रो हाफको चौथो मिनेटमा गोल गर्दै सन्तोषले खेललाई पुनः २–२ को बराबरीमा ल्याए र खेल अन्त्य भयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .