ad ad

कारोबार


यस्तो छ, सरकारको शिर्षगत आम्दानी

यस्तो छ, सरकारको शिर्षगत आम्दानी

नेपालखबर
पुस २३, २०७६ बुधबार १३:८,

चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म सरकारले ३ खर्ब १८ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ। गत वर्ष मंसिरसम्म ३ खर्ब ८ अर्ब रुपैयाँ मात्रै संकलन गरेको थियो।

अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार मंसिर मसान्तसम्मको शिर्षगत आम्दानी भने भन्सार महसुल मार्फत ६५ अर्ब र भ्याट मार्फत १ खर्ब ५ अर्ब रुपैयाँ संकलन भएको छ। यसै गरि आन्तरिक राजश्व ४३ अर्ब, सामान पैठारी मार्फत ६२ अर्ब, अन्तशुल्क ५३ अर्ब रुपैयाँ, आयकर मार्फत ५४ अर्ब, अन्य कर मार्फत ९ अर्ब रुपैयाँ गरेर कर राजश्व मार्फत २ खर्ब ८८ अर्ब रुपैयाँ संकलन भएको छ।

त्यस्तै, गैरकर राजश्व मार्फत भने २९ अर्ब संकलन गरेको हो। सबै गरेर ३ अर्ब १८ अर्ब रुपैयाँ संकलन गरेको छ। चालू आर्थिक वर्षमा सरकारले ११ खर्ब १२ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य समेत राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .