भारत–वेस्ट इन्डिज एक दिवसीय क्रिकेट शृंखलाको तेस्रो खेलमा वेस्ट इन्डिजले भारतलाई ३१६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
निकोलस पुरनको ८९ र किरन पोलार्डका ७४ रन मद्दतमा वेस्ट इन्डिजले भारतसामु राम्रो लक्ष्य राखेको हो।
भारतका तर्फबाट डेब्यु गरेका नवदीप साइनीले २ विकेट लिएका छन्। उनले सिमरन हेतमेयर र रोस्टन चेसको विकेट लिएका थिए।
यो खेल जित्ने टोलीले तीन खेलको सिरिज कब्जा गर्नेछ।

प्रतिक्रिया