खेल


पीपीएल : साविक विजेता पोखरा र उपविजेता चितवन भिड्दै

पीपीएल : साविक विजेता पोखरा र उपविजेता चितवन भिड्दै

नेपालखबर
पुस १, २०७६ मंगलबार ५:४३,

नमस्ते पोखरा प्रिमियर लिग पीपीएलमा आज गत वर्षको विजेता पोखरा पल्टन र उपविजेता चितवन राइनोज भिड्दै छन्। पोखरा रगंशालामा अहिले बिहान साढे ११ बजे मैदान उत्रिँदा पोखरा दोस्रो जितको खेजीमा हुनेछ।

चितवन भने दोस्रो संस्करणमा पहिलो खेल खेल्दै छ। पोखराले पहिलो खेलमा काठमाडौं गोल्डेन्स वारियर्सलाई ९ विकेटले हराएको थियो। पहिलो खेलमा पोखराले काठमाडौंविरुद्ध बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रर्दशन गरेको थियो।

पोखरा त्यही लयलाई चितवनविरुद्ध निरन्तरता दिन चाहन्छ। काठमाडौंविरुद्ध ६ ब्याट्सम्यान र ५ बलरका साथ मैदान उत्रेको पोखराले आज पनि त्यसैलाई निरन्तरता दिने सम्भावना बलियो छ।

पहिलो खेलमा पोखराका सबै खेलाडीले राम्रो प्रर्दशन गरेका हुँदा टोलीमा परिवर्तनको सम्भावना न्यून छ। गत वर्ष फाइनलमा चितवन पोखरासँगै पराजित भएको थियो। पीपीएलमा चितवन पोखरासँग दुवै खेलमा पराजित भएको छ।

नेपाली फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रर्दशन गरिरहेका भारतीय अलराउन्डर सन्नी पटेल, हङकङका बाबर हायत र यूएईका रोहन मुस्तफा चितवनमै रहेकाले टोली बलियो देखिएको छ। यी तीन खेलाडीसँगै कप्तान पारस खड्का चितवनका प्रमुख हतियार हुन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad