खेल


एमसीसीविरुद्ध नेपाल २०८ रनले पराजित

 एमसीसीविरुद्ध नेपाल २०८ रनले पराजित

नेपालखबर
कात्तिक २२, २०७६ शुक्रबार ९:१८,

तेस्रो दिन बिहीबार ३ सय ९३ रनको लक्ष्य पछ्याएको नेपालले ४०.३ ओभरमा सवै विकेट गुमाएर १ सय ८४ रनमात्रै बनाउन सक्यो।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले। यस्तै सन्दीप लामिछानेले २५ रन जोडे।

यस्तै राजु रिजालले ३१, शरद भेषावकरले १५, आरिफ सेखले १९ तथा करण केसीले १८ रन जोडे। कप्तान ज्ञानेन्द्र मल्ल ६ रनमा पवेलियन फर्किए। नेपालका दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र पवन सर्राफले खाता नै खोल्न सकेनन।

बुधबार पहिलो दिन पूरै खेलेर बिहीबार पहिलो शत्रसम्म पहिलो इनिङ्स खेलेको एमसीसीले ३६४ रन बनाएको थियो। त्यो पछ्याएको नेपाल बिहीबार नै १५३ रनमा अलआउट भयो। बिहीबार अन्तिम शत्र र शुक्रबार पहिलो दिन गरि एमसीसीले ३९२ रनमा इनिङ छाडेको थियो।

अन्तिम दिन उक्त लक्ष्य पछ्याएको नेपाल सबै विकेट गुमाएर १ सय ८४ रनमै समेटिएको हो।

नेपालले १४ वर्षपछि बुधबार प्रथम श्रेणीको क्रिकेटमा पुनरागमन गरेको हो । सन् २००५ पछि नेपालले त्रिवि क्रिकेट मैदानमा बुधबार विश्व प्रशिद्ध क्लब मेरिलेबन क्रिकेट क्लब(एमसीसी)सँग प्रथम श्रेणीको क्रिकेट खेलेको हो ।

गतवर्ष एकदिवसीय मान्यता पाएपछि एमसीसीले नेपालमा खेल्ने तीन दिवसीय खेललाई आईसीसीले फस्ट क्लास क्रिकेटको मान्यता दिएको हो । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टेष्ट मान्यता नपाएका राष्ट्रका लागि अन्तर महादेशीय कपको नाममा प्रथम श्रेणीको क्रिकेट सुरु गरेको थियो । सन् २००४ मा सुरु भएको यो प्रतियोगिताको नेपालले पहिलो पहिलो दुई संस्करण खेलेपनि त्यसपछि प्रतियोगितामा छनोट हुन सकेन ।

सन् २००६ को आईसीसी अन्तर महादेशीय च्यालेन्ज कपमा नेपालले नामिबियाको मैदानमा बराबरी खेलेपछि कुनै पनि आईसीसीको पहिलो श्रेणीको क्रिकेट खेलेको छैन ।

एमसीसीले यसअघिको नेपाल भ्रमणको पहिलो एकदिवसीय खेलमा यू–१९ टोलीलाई ५ विकेटले पराजित गर्दै नेपाल भ्रमणको सुरुवात गरेको थियो । लगत्तै अर्कोदिन भएको खेलमा नेपाली राष्ट्रिय टोलीले एमसीसी ५ विकेटले पराजित गर्यो ।

तीनदिन प्रथम श्रेणीको क्रिकेट खेलेपछि एमसीसीको टोली पोखरा भ्रमणमा निस्कनेछ । पोखरामा पोखरा–११ र मुख्यमन्त्री–११ सँग मैत्रीपूर्ण खेल खेल्ने एमसीसीको कार्यक्रम छ । एमसीसी फाउन्डेशनले विकासिल देशहरुमा भ्रमण गर्ने उदेश्यसहित यो टूरको आयोजना गरेको हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad