समाज


मोटरसाइकल अनियन्त्रित भएर पोलमा ठोक्किँदा एक जनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित भएर पोलमा ठोक्किँदा एक जनाको मृत्यु

नेपालखबर
साउन ११, २०८२ आइतबार १५:३८, कन्चनपुर

कञ्चनपुरको दोधारा चाँदनीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा दोधारा चाँदनी नगरपालिका–६ का तारा थापा रहेका छन्। आइतबार दिउँसो दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजस्थित पक्की पुल नजिक मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराले बताए।

उनका अनुसार मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको पोलमा ठोक्किएको थियो। यूके ०३ ए १४६२ नम्बरको मोटरसाइकलमा सवार थापाको दोधारा चाँदनी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

मोटरसाइकल चालक दोधारा चाँदनी–७ का सत्यम ठाकुर गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि भारतको खटिमा लगिएको छ। उनको टाउको र मुखमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad