नेपाली कांग्रेसकी राष्ट्रिय सभा सांसद कमला पन्तले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई महाभियोग लगाउनुपर्ने बताएकी छन्। आइबारको राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै पन्तले वाइडबडी जहाज खरिद प्रकरणको विषयलाई जोड्दै राईलाई महाअभियोग लगाउनुपर्ने बताएकी हुन्।
अख्तियारले दायर गरेको वाइडबडी जहाज खरिद प्रकरणको फैसलाको पूर्णपाठ केही दिन अघि सार्वजनिक भएको थियो। उक्त फैसला सार्वजनिक हुँदा विशेष अदालतले अख्तियार प्रमुख प्रेम राईकै भूमिकामाथि प्रश्न उठेको थियो।
‘वाइडबडी जहाज खरिदबारे हालै अदालतबाट पूर्णपाठ आयोग त्यसले २०७३ वैशाखमा दुई वटा वाइडबडि विमान खरिद अघि बढाउँदाका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अहिले अख्तियार प्रमुख हुनुहुन्छ,' उनले भनिन्, 'व्यक्तिगत रूपमा केही भन्नु छैन उहाँलाई तर उहाँमाथि विशेष अदालतले प्रश्न उठाएको छ। अन्यमाथि मुद्दा अभियोजन गरे पनि प्रमुख राईप्रति चयनमुखी अभियोजन गरेकोमा आपत्ति जनाएको छ। यसमा प्रमुख आयुक्त आफै बोल्नपर्यो, राजीनामा दिएर अनुसन्धान होस् भन्नुपर्यो नत्र सरकार बोल्नुपर्यो। कोही बोल्दैन भने संसदमाथि मेरो भन्नु छ, त्यो पनि बोल्दैन। महाभियोग लगाउनुपर्यो, संविधानको धारा १०१ मा महाभियोगको व्यवस्था छ, यसबारे हामी बोल्नुपर्छ।’
Shares

प्रतिक्रिया