समाज


मौसमविद्को २४ घण्टे चेतावनी : अधिकांश स्थानमा तुवाँलो लागेको छ, बच्नुहोला

मौसमविद्को २४ घण्टे चेतावनी : अधिकांश स्थानमा तुवाँलो लागेको छ, बच्नुहोला

नेपालखबर
चैत २५, २०७७ बुधबार १४:८,

देशका अधिकांश स्थानमा तुवाँलो लागेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाले बुधबार साँझ ६ बजे जारी गरेको सूचनाअनुसार  तराई र पहाडी भेगका धेरैजसो स्थानमा तुवाँलो लागेको हो। जसले वायु प्रदूषण बढाएको छ।

तसर्थ यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन भन्दै मौसमविद्ले २४ घण्टे चेतावनी जारी गरेका छन्।

जसमा भनिएको छ : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको साथै देशको तराई र पहाडी भूभागका अधिकांश स्थानमा तुवाँलो लागेकाले सो बाटसमेत बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

यो पनि : बिहानैदेखि देशै ढाक्यो तुवाँलोले, बढ्यो वायु प्रदूषण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad