खेल


त्रिभुवन आर्मी क्लब श्रीलंका पुलिसविरुद्ध ५-१ गोलले विजयी

त्रिभुवन आर्मी क्लब श्रीलंका पुलिसविरुद्ध ५-१ गोलले विजयी

नेपालखबर
चैत २५, २०७७ बुधबार १३:४५,

एएफसी कप छनोटअन्तर्गत त्रिभुवन आर्मी क्लबले श्रीलंका पुलिसलाई ५-१ गोल अन्तरले पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ भएको खेलमा आर्मीले पाहुना टोलीविरुद्ध पाँच गोल गरेको हो।

पहिलो हाफमा २–१ गोलले अगाडि रहेकामा दोस्रो हाफमा थप तीन गोल गरेको हो। खेलको ५० औँ मिनेटमा सन्तोष तामाङले प्रहार गरेको श्रीलंकाका किपर दिनेश महेन्द्रनले क्लियर गर्न नसकेको बललाई टंक बहादुर लिम्बुले जाली चुमाए।

यस्तै, खेलको ८३ औँ मिनेटमा सुदिल राई र दोस्रो हाफको इन्जुरी टाइममा नवयुगले पाँचौ गोल गरेका थिए।

त्रिभुवन आर्मी क्लवका प्रशिक्षक नवीन न्यौपानेले आफूहरुले जुन लक्ष्य लिएर खेलेको हो त्यो पुरा भएको बताए।

‘त्रिदेशीय कप जित्दा फूटबलप्रेमीलाई जुन खुशी प्राप्त भएको थियो, त्यसलाई निरन्तरता दिन चाहेका थियौं त्यो पुरा भएको छ,’ उनले भने, ‘गोल गर्ने सबै अवसरलाई सदुपयोग गर्न सकेको भए अझ धेरै गोल हुनसक्थ्यो।’

जुनियर गोलकिपर भएपनि उनले राम्रो खेलेको न्यौपानेले बताए।

एएफसी खेल्न आएको श्रीलंकाली टोली पक्कै पनि कमजोर नभएको तर उनीहरुको अहिलेको फिटनेसको स्तर कम भएको हुँदा त्यसले नेपाली टोलीलाई फाइदा भएको उनले बताए।

श्रीलंका पुलिसविरुद्ध त्रिभुवन आर्मी ३-१ गोलले अगाडि (अपडेट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad