ad ad

समाज


‘आजदेखि नेपालमा एकैसाथ दुइटा मौसमी प्रणाली, अब चार दिन ठूलो वर्षा’

‘आजदेखि नेपालमा एकैसाथ दुइटा मौसमी प्रणाली, अब चार दिन ठूलो वर्षा’

नेपालखबर
साउन १२, २०७७ सोमबार ०:२१,

आज (सोमबार) देखि शुक्रबारसम्म देशभर व्यापक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैलाई आग्रह गरेको छ।

विभागले ‘विशेष मौमस तथा बाढी बुलेटिन’ जारी गर्दै आज अपराह्नबाट १६ गतेसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहिरहने तथा पर्याप्त जलवाष्पयुक्त हावा पनि भित्रिरहने सम्भावना रहेकाले ३–४ दिनसम्म मनसुन सक्रिय हुने जानकारी दिएको हो।

‘देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भई प्रदेश ५, गण्डकी, कर्णाली, सुदूरपश्चिम तथा बागमती प्रदेशका केही स्थानमा तथा प्रदेश नम्बर १ र २ का थोरै स्थानमा भारी वर्षा भई पहिरो तथा बाढीको जोखिम भएकाले सतर्कता अपनाउन हुन अनुरोध छ,’ विभागको विज्ञप्तिमा भनिएको छ।

विभागका अनुसार साउन १३ गतेदेखि १५ गतेसम्म विशेषगरी गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश नम्बर ५ का मध्य पहाडी भूभाग भई बहने जलसतह उल्लेख्य बढी र केही सतर्कता तह आसपास पुग्ने सम्भावना छ।

हेर्नुहाेस्, माैसम विभागकाे सूचना :

maubivag

आजको अवस्था
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (सोमबार बिहान) देशभर मौसम सामान्य बदली छ भने प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको छ।

काठमाडौं उपत्यकामा पनि बिहानैदेखि मौसम बदली भएको छ भने कपितय स्थानमा वर्षा भइरहेको छ।

यस्तै आज दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-एक वा दुई-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ।

महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनअुनसार आज रातिदेखि वर्षाको मात्रा अझ बढ्दै जानेछ। राति देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का केही स्थानमा भारी वर्षा हुने सम्भावना छ।

हेर्नुहाेस्, महाशाखाले जारी गरेको आगामी तीन दिनको अनुमान :

mau12

याे पनितिनाउ नदीमा बाढी उर्लिएपछि बिहानै ‘अलर्ट’ जारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .