नेपाल राष्ट्र बैंकले आज (सोमबार) १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ।
केन्द्रीय बैंकले सूचना जारी गरी आज ट्रेजरी बिल बिक्री गर्न लागिएको जानकारी दिएको हो। ट्रेजरी बिल बोलकबोलको प्रक्रियाबाट बिक्री गरिनेछ।
कूल ९१ दिनका लागि बिक्री गर्न लागिएको ट्रेजरी बिल आगामी कात्तिक ११ गते परिपक्व हुनेछ।
यसअघि बैंकले यही साउन ५ गते पनि ५ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो।
प्रतिक्रिया