रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका – १० र १२ नम्बर वडाको सिमाना स्थित रोहिणी खोलामा माछा मार्ने क्रममा खोलाको बीचमा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ।
आइतबार बिहान करिब १ः०५ बजे तीन पुरुष र एक महिला गरी चार जना खोलाको बीचमा फसेको सूचना प्राप्त भएपछि प्रहरी निरीक्षकको कमाण्डमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा उद्धार टोली परिचालन गरिएको थियो।
उद्धार टोलीले बिहान ११ बजे चारै जनालाई सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ।
48
Shares

प्रतिक्रिया