इरानका सर्वोच्च नेता मोज्तबा खामेनी अमेरिका र इजरायलसँग जारी युद्ध समाप्त नभएसम्म सार्वजनिक नहुने भएका छन्।
इरानको एक स्रोतले रुसको समाचार एजेन्सी ताससँग कुरा गर्दै असुरक्षाका कारण उनी हाललाई कुनै पनि सार्वजनिक रूपमा देखा नपर्ने बताएका हुन्।
रिपोर्टअनुसार मोज्तबा खामेनीको विदेशी नेतासँगको पहिलो आधिकारिक सम्पर्क रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोन वार्ता वा भेट हुन सक्छ।
गत फेब्रुअरी २८ मा तत्कालीन सर्वोच्च नेता अलि खामेनी मारिएपछि उनका छोरा मोज्तबा मार्च ९ मा नयाँ सर्वोच्च नेता बनेका थिए। तर त्यसयता अहिलेसम्म उनी सार्वजनिक रूपमा देखापरेका छैनन्। उनका लिखित सन्देश भन्दै अरूले नै पढेर सुनाउने गरेका छन्।
यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै मोज्तबा ‘९० प्रतिशत समाप्त भएको’ दाबी गरेका छन्।
Shares

प्रतिक्रिया